प्रधानमन्त्री प्रचण्डले जनमतको खिल्ली उडाए: नेता गौतम

काठमाडौँ, २० असार । नेकपा एमालेको स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको मतको खिल्ली उडाएको बताउनुएको छ ।

प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा समेत कडा आलोचना भइरहेको छ । मंगलबार प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो, ‘उहाँ (सिंह)ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौँमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख समेत रहनुभएका गौतम प्रधानमन्त्री दाहालको प्रितम सिंहप्रतिको भक्ति लाचारी र आत्मसमर्पणवादको भद्दा नमुना भएको टिप्पणी गर्नुभएको छ । नेता गौतमले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘प्रितम सिंहप्रति प्रचण्डको भनाई : मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्वा नमुना । यो सरकारको चावी कहाँ रहेछ ? सार्वभौम जनताको मतको खिल्ली उठाइयो । संविधान र ,संसदको माखोल उठाइयो । धन्य ।’

प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर एमाले संसदीय दलको बैठकले पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बस्ने सबै आधार गुमाएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ