प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बस्ने सबै आधार गुमाए: एमाले

काठमाडौँ, २० असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बस्ने सबै आधार गुमाएको निष्कर्ष निकालेको छ । 

संसद् बैठक अवरुद्ध गर्ने भएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको विरोधमा बैठक अवरुद्ध गर्ने निर्णय गरेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए । 

उनले प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति सामान्य नभएको भन्दै ‘संसद्ले बनाएको प्रधानमन्त्री स्वयंले कोही मान्छे प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको थियो भन्ने भास्य स्थापित गरेर नेपालको प्रधानमन्त्री नेपालबाट होइन दिल्लीबाट बन्छ भनेर के स्थापित गर्न खोजेको हो ?’ बर्तौलाको भनाइ छ । 

प्रचण्डले सोमबार एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए । यद्यपि यसबारे प्रचण्डले बुधबार आफूले प्रितम सिंहले बोलेको कुरा बोलेको भन्दै प्रष्टीकरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ