पेस्तोल र गोलीको खोकासहित एकजना पक्राउ

काठमाडौँ, २० असार । महोत्तरीबाट पेस्तोल र गोलीको खोकासहित एकजना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार रामगोपालपुर नगरपालिका–१, लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डललाई पेस्तोल एक थान र गोलीको खोका तीन थानसहित मंगलबार राति पक्राउ गरेको हो ।  

सोही नगरपालिका–१, बसबिट्टी बजारमा कौशलले पेस्तोलबाट गोली प्रहार गर्दा सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादव घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो । घाइते यादवको जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय