टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु

सुनसरी, २० असार । सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो ।मंगलबार करिब पोने ४ बजे धरानबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले  आमा छोरी सवारको १४प५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि मंगलबार दिउँसो केही समय इटहरी तनावग्रस्त बनेको थियो । टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका थिए । स्थानीयवासीले टिपर तोडफोड गरेका थिए । झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि सामान्य घाइते भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका