बेपत्ता मजदुर मृत फेला

बागलुङ, २० असार । बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् । गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् । 

ओखलढुंगा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मंगलबार साँझ बेपत्ता भएका थिए । उनलाई प्रहरीले पूर्वखोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय