बागमती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर, १८ असार । बागमती प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

विपक्षीको निरन्तर अवरोधका कारण आइतबार पनि आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले अवरोध गरेपछि आइतबारको बैठक पनि सञ्चालन हुन नसकेको हो । आइतबार साँझ साँढे पाँच बजे पुनः बस्ने गरी  स्थगित गरिएको बैठक बस्न नसकेपछि सोमबार बिहान ११ बजे आव्हान गरेको संसद् सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

आइतबारको बैठकमा विपक्षी दलको अवरोधका कारण बस्न सकेन । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरेका थिए । उनीहरूले प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी र जनविरोधी भएको भन्दै नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।

प्रतिपक्षी दल एमाले र राप्रपाले बजेट सत्तापक्षका सांसद र मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री र भौतिक पूर्वाधार मन्त्रीको निर्वाचन क्षेत्रमा बढी केन्द्रित गरेको आरोप लगाउँदै पुनः लेखन गर्नुपर्ने माग गरेका छन् । आइतबार नै एमालेले पत्रकार सम्मेलन गर्दै बागमती सरकारको बजेट संशोधन गर्न ११ बुँदे माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै