आज श्री एयरलाइन्सका सबै उडान स्थगित

काठमाडौँ, १७ असार । श्री एयरलाइन्स प्रालिले आज आइतवारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार प्रेस नोट जारी गर्दै आइतवारका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् ।

उडान स्थगित गरी आइतवार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । भोलि सोमवारदेखि सबै उडान सञ्चालन गरिनेछन् ।

शनिवार मात्रै काठमाडौँबाट धनगढीका लागि ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फिर्ता ल्याईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्