काठमाडौँ, १५ असार । काठमाडौँबाट १० जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१० शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौँ धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ समेत १० जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
बस्नेतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार १ सय २० रुपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





