९ जिल्लामा आज सार्वजनिक बिदा

सुर्खेत, १५ असार । कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले आज असार १५ गते राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले २०७९ साल चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार आज सार्वजनिक बिदा दिइएको बताए । उनका अनुसार आज शुक्रबार नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको छ ।

कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिने गरेको छ । त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन् । असार १५ गते भने जुम्ला बाहेक नौ जिल्लामा सार्वजनिक बिदा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर