आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै  छुट्ने

काठमाडौँ, १ असार । काठमाडौँ महानगरपालिकाबाट बाहिर जाने सवारी साधन आजदेखि नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् । 

काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिएसँगै आजदेखि लागु भएको हो ।

‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखी नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न सूचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, २५ भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावितका लागि सरकारले मुख्य चारवटा विषयलाई प्राथमिकतामा राखेर काम

एजेन्सी, २५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई महिनापछि इरानसँगको युद्ध अन्त्य हुने बताएका छन् । अमेरिकामा आगामी नोभेम्बरमा

काठमाडौँ, २५ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बिहीबार) बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक

काठमाडौँ, २४ भदौ । रसुवा जिल्लास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्नुअघि विद्यार्थीहरूलाई अनिवार्य