आज पनि शेयर बजार बढ्यो

काठमाडौँ, ३२ जेठ । शेयर बजार परिसूचक नेप्से आज ५ अंकले बढेरदुई हजार ४२ विन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ ।

बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ । बीमा, उत्पादन, होटल र अन्य समूहको शेयर बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

हिजो बुधवार पाँच अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै सिटी होटलको शेयर १० प्रतिशत र अभियान लघुवित्तको शेयर नौ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै बुङ्गोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर झन्डै छ प्रतिशत र मल्टिपर्पोज फाइनान्स, मिर्मिरे लघुवित्त र साधना लघुवित्तकोे शेयर झन्डै चार प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक

काठमाडौँ, २८ बैशाख । नेकपा एमालेकी सांसद पद्मा कुमारी अर्यालले अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको निर्मम आघात भन्नेहरू आज स्वयं