तालाबन्दी र आयोगका अध्यक्षमाथी गरिएको दुव्र्यवहारप्रति अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौँ, ३१ जेठ । पुर्वाञ्चल विश्वविद्यालयमा नेवि संघको नामबाट यहि ३२ गतेबाट सुरु हुन लागेको परिक्षा विथोल्ने गरी दुसित मनसायका साथ गरिएको तालाबन्दी र सेवा आयोगका अध्यक्षमाथी गरिएको दुव्र्यवहारप्रति अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण गरेको छ ।

अनेरास्ववियुको अध्यक्ष समिक बडालले आज एक विज्ञप्ति जारी गर्दै पुर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले कर्मचारीहरुको पदपुर्तिको लागि २२ वर्ष पछि गरेको विज्ञापन अनुसार प्रथम पत्रको परीक्षा सम्पन्न भई नतिजा समेत प्रकाशन भए पश्चात उक्त परीक्षा खारेज गरी पुनः नयाँ प्रक्रियाबाट कर्मचारी नियुत्ति गरिनुपर्ने माग राखी निहित स्वार्थ पुर्तिको लागि गरिएको गतिविधिको विरोध जनाएको छन् ।

साथै यस्ता अपराधिक गतिविधिमा संलग्न जोसुकै भएतापनि कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष अनेरास्ववियु जोडदार माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति