परिसूचक नेप्से ३४ अङ्कले बढ्यो

काठमाडौँ, ३० जेठ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ ।

हिजो साेमवार दुई अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब १२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, बुलुङ इनर्जी विकास कम्पनी र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै युनिलिभर नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।