नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला

काठमाडौँ, ३० जेठ । नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला भएका छन् ।

सिन्धुपाल्चोकमा रहेको जुगल हिम शृङ्खलामा पर्ने ५ वटा हिमाल आरोहणका लागि खुला गर्ने मन्त्रिपरिषद्काे निर्णय राजपत्रमा प्रकाशित भएसँगै ती हिमालमा व्यावसायिक आरोहणको बाटो खुलेको पर्यटन विभागले जनाएको छ ।

आरोहण खुल्ला गरेका हिमालको उचाइ पाँच हजार ९२२ मिटरदेखि ६ हजार ५९१ मिटरसम्म रहेको छ । थप पाँचसहित नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको सङ्ख्या चार सय १९ पुगेको छ । आरोहणका लागि खुल्ला गरेका हिमालको सङ्ख्या धेरै भए पनि सीमित हिमालमा मात्र आरोहण हुने गरेको छ । गएको वसन्तयाममा आरोहीले २८ वटा हिमाल आरोहणका लागि मात्रै अनुमति लिएका थिए । सगरमाथासहित सीमित हिमालमा मात्र आरोहीको चाप रहेको छ ।

नेपालमा एक हजार ३१० वटा हिमाल रहेको पर्यटन विभागको तथ्याङ्क छ ।    

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)