नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला

काठमाडौँ, ३० जेठ । नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला भएका छन् ।

सिन्धुपाल्चोकमा रहेको जुगल हिम शृङ्खलामा पर्ने ५ वटा हिमाल आरोहणका लागि खुला गर्ने मन्त्रिपरिषद्काे निर्णय राजपत्रमा प्रकाशित भएसँगै ती हिमालमा व्यावसायिक आरोहणको बाटो खुलेको पर्यटन विभागले जनाएको छ ।

आरोहण खुल्ला गरेका हिमालको उचाइ पाँच हजार ९२२ मिटरदेखि ६ हजार ५९१ मिटरसम्म रहेको छ । थप पाँचसहित नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको सङ्ख्या चार सय १९ पुगेको छ । आरोहणका लागि खुल्ला गरेका हिमालको सङ्ख्या धेरै भए पनि सीमित हिमालमा मात्र आरोहण हुने गरेको छ । गएको वसन्तयाममा आरोहीले २८ वटा हिमाल आरोहणका लागि मात्रै अनुमति लिएका थिए । सगरमाथासहित सीमित हिमालमा मात्र आरोहीको चाप रहेको छ ।

नेपालमा एक हजार ३१० वटा हिमाल रहेको पर्यटन विभागको तथ्याङ्क छ ।    

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :