बैंकमा खाता खोल्दा सेवाग्राहीबाट कुनै सेवा शुल्क लिन नपाइने

काठमाडौँ, ३० जेठ । केन्द्रीय बैंकले खाता सम्बन्धी जनचेतनामूलक सूचना जारी गरेको छ । बैंकले आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्ने मान्यताको आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा बैंक तथा वित्तीय संस्थाहरूले कुनै शुल्क लिन नपाउने पुनः अवगत गराएको हो । 

यस्तै, सेवाग्राहीको वित्तीय कारोबारमा बैंक तथा वित्तीय संस्थाबाट जारी हुने चेक (गुड फर पेमेन्ट चेकसमेत), चेकको कारोबार रोक्का गर्दा, ब्यालेन्स सर्टिफिकेशन गर्दा, खाता सञ्चालन गर्दा तथा खाता बन्द गर्दा समेत कुनै शुल्क लिन नपाइने केन्द्रीय बैंकले जनाएको छ । 

यसैगरी वित्तीय कारोबारको स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा, मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम–पासवर्ड हराएमा, २ लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएस लगायत सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न