नेपाल एयरलाइन्सले भैरहवाबाट अन्तराष्ट्रिय उडान गर्दै

काठमाडौँ, ३० जेठ । नेपाल एयरलाइन्सले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ ।

एनएसीले काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौं रूट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो । मलेसियाको क्वालालम्पुरबाट आएको एनएसीको विमान मंगलबार बिहान साढे ७ बजे निगमको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुनेछ ।

पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्ने तयारी गरिएको छ । विमान भैरहवा अवतरण गरेर काठमाडौँ आउने छ । विमानले हरेक मंगलबार नियमित उडान गर्ने जनाइएको छ । एनएसीले दिल्ली–भैरहवाका लागि पनि उडानको तयारी गरिरहेको छ । तर, सम्बन्धित निकायबाट उडान अनुमति भने पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।