नेपाल एयरलाइन्सले भैरहवाबाट अन्तराष्ट्रिय उडान गर्दै

काठमाडौँ, ३० जेठ । नेपाल एयरलाइन्सले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ ।

एनएसीले काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौं रूट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो । मलेसियाको क्वालालम्पुरबाट आएको एनएसीको विमान मंगलबार बिहान साढे ७ बजे निगमको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुनेछ ।

पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्ने तयारी गरिएको छ । विमान भैरहवा अवतरण गरेर काठमाडौँ आउने छ । विमानले हरेक मंगलबार नियमित उडान गर्ने जनाइएको छ । एनएसीले दिल्ली–भैरहवाका लागि पनि उडानको तयारी गरिरहेको छ । तर, सम्बन्धित निकायबाट उडान अनुमति भने पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने