सरकारी कार्यालय नक्कली खडा गरी ठगी धन्दा

काठमाडौँ, ३० जेठ । मुलुकको राजधानी काठमाडौँमा नक्कली सरकारी कार्यालय खोलेर ठगी धन्दा चलाउन सम्भव होला ? धेरैको उत्तर हुनसक्छ -सम्भावना कम छ ।

तर, काठमाडौँको बूढानीलकण्ठ -५ मा नक्कली सरकारी कार्यालय खडा गरी ठगी धन्दा गरेको घटना फेला परेको छ । कृषि मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यलय सञ्चालनमा छ । देशको विभिन्न स्थानमा यस्ता कार्यालय खोलीएका छन् । तर, जयराम नामका एक व्यक्तिले बूढानीलकण्ठमा सरकारी कार्यालय जस्तै गरी अन्तर्राष्ट्रिय खाद्य सुरक्षा स्थापना गरेर ठगी धन्दा चलाउदै आएको फेला परेको हो ।

केसीले आफूलाई कृषि मन्त्रालयका उपसचिवका नाममा चिनाउँदै दुईतले घर बहालमा लिएर नक्कली कार्यालय खोलेका थिए । केसीले यो कार्यालयमा राष्ट्रिय झण्डा हाल्नेदेखि कर्मचारी पनि नियुक्त गरेका थिए । उनले सरकारी लोगो र छाप पनि नक्कली बनाएर प्रयोग गर्दै आएका थिए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।