बागमती प्रदेशसभाको बैठक बिहिवार बस्ने

मकवानपुर, ३० जेठ । बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते बिहिवार बस्ने भएको छ ।

बागमती प्रदेशसभा सचिवालय हेटौंडाले सूचना जारी गर्दै प्रदेशसभा बैठक जेठ ३२ गते दिउँसो २ बजे बस्ने जानकारी दिएको हो । जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो । 

असार १ गते बजेट सार्वजनिक गर्नु पूर्व बस्ने उक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश हुनेछ भने सो आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । सचिव खड्काले जेठ ३१ गते दिउँसो २ बजे कार्यपरामर्श समितिको बैठक बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)