अर्थतन्त्रको समस्या बजेटले चिनेन, कार्यान्वयन हुन सक्दैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ, २९ जेठ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।

सोमवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताउनुभएको हो । उहाँले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गर्नुभयो । त्यस्तै देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरु पनि बजेटमा नभएको उहाँको भनाइ छ ।

उहाँले बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सरकारलाई समेत चिन्ता नभएको बताउनुभयो । उहाँले बजेट हावादारी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा