परिसूचक नेप्से आज पनि बढ्यो

काठमाडौँ, २९ जेठ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ७.७९ अंकले वृद्धि भएको हो । तर, करोबार रकम भने घटेको छ ।

आइतबार तीन अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज २८५ धितोपत्रको ७४ लाख ५४ हजार ७ कित्ता खरिदबिक्री भएको छ । आइतबार ९५ लाख २८ हजार २५५ कित्ता खरिदबिक्री भएको थियो ।

आज अभियान लघुवित्त वित्तीय संस्था र कालिन्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सिटी होटल र चन्द्रागिरि हिल्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज प्रभु स्मार्ट फन्डको इकाइ मूल्य भने १० प्रतिशतले घटेको छ ।

आज सोल्टी होटलको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको १५ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, सर्वाधिक सेयर कारोबार हुने दोस्रोमा हिमालयन डिस्टिलरी रहेको छ । यस कम्पनीको १० करोड ११ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा