७० वर्षे प्रावधान हटाउँदा नेतृत्वको जीवन्ततामा समस्या हुँदैन : महासचिव पोखरेल

काठमाडौँ, २९ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (एकीकृत समाजवादी)बाट आएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनेपछि उठ्ने प्रश्नको सम्बोधन गर्न ७० वर्षे उमेरहद स्थगन गरिएको बताएका छन् ।

आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले उनले भने, “हामीले नेकपा (एकीकृत समाजवादी)का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको प्रत्यत्नमा जोड्ने प्रक्रियाअन्तर्गत उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा हामीले स्थगन गरेका छौँ,” ।

उनले पार्टी लोकतान्त्रिक अभ्यासबाट आएको बताए । पोखरेलले नेकपा (माओवादी केन्द्र)मा पुष्पकमल दाहाल प्रचण्ड ०४५ सालदेखि लगतार प्रमुख रहेको बताउँदै आफ्नो पार्टीमा भने त्यसयता मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओली नेता बनेको बताए ।

उनले भने, “एकातिर एकजना नेता, अर्कोतिर पाँचजना नेता भएको पार्टी हो । यो विषय उठाएर नेतृत्वको जीवन्ततामा समस्या हुन्छ कि भन्नु पर्दैन,” “७० वर्षे उमेरहदले नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव आउँदैन भन्ने कुरा केही होइन । हाम्रो पार्टीले आफ्नो अभ्यासद्वारा स्थापित गर्दै आएको कुरा राख्न चाहन्छु ।”

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट पास गराएरै छाड्ने बताएका छन्

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई

काठमाडौँ, २९ माघ । सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । उस्तै विषयसँग

काठमाडौँ, २९ माघ । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका सांसद रामहरि