अप्राकृतिक मैथुन कसुरमा १२ वर्ष कैद

बागलुङ, २९ जेठ । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष ६ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।

अप्राकृतिक मैथुन गरेको पुष्टि गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै ४० हजार रुपैयाँ जरिवाना समेत भराउन आदेश दिएको इजलास अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।

रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको भन्दै पीडित बालकका अभिभावकले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले सोही दिन उनलाई घरबाटै गिरफ्तार गरेको थियो । भदौ १३ मुद्दा दर्ता गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)