लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाईलाई पक्राउ गरेको हो ।

शङ्कालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेस, ०.६० ग्राम खैरो हेरोईन र मोबाइल १ थान बरामद गरी तिनै जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)