प्लास्टिककाे झाेलाभित्र १ सय ५ थान गाेली भेटियाे

पर्सा, २९ जेठ । वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ । 

आइतवार महानगरपालिकाका कर्मचारीहरूले वीरगञ्ज–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ रान्ड, एसएलआरको चार राउन्ड, हर्नेटको १७ राउन्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी एक सय पाँच राउन्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । 

भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने