राष्ट्रब्यापी खुल्ला पुरुष भलिबलकाे उपाधिका लागि लिखु र गणतान्त्रिक भिड्ने

भक्तपुर, २९ जेठ । भक्तपुरमा जारी राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताकाे उपाधिका लागिओखलढुंगाको लिखु र गणतान्त्रिक खेलकुद महासंघ भिड्ने भएका छन् ।

आयोजक ओम श्रृजनसिल समाजको टिमलाई ३-२ ले हराउँदै लिखु फाइनलमा पुगेको हाे । पहिलाे दुई सेट २५-२१ र २५-२२ ले जित हात श्रृजनसिलले पछिल्ला तीन सेट गुमाएको थियाे । त्यसैगरी दोस्रो सेमिफाइनलमा गणतान्त्रिक खेलकुद महासंघले न्युटन एकेडेमीलाई पाखा लगायाे । पहिलाे सेट जितेको न्युटनलाई त्यसपछिका तीन सेट जित्दै गणतान्त्रिकले उपाधि हाेडबाट राेकेकाे थियोे ।

फाइनल खेल साेमवार अपरान्ह हुनेछ । त्यसैगरी तेस्रो स्थानका लागि न्युटन एकेडेमी, ओम श्रृजनसिल समाज दिउँसो २ वजे भिड्नेछन् ।

सूर्यविनायक नगरपालिका-४ हर्सचौकमा आयोजित प्रतियोगिताकाे उपाधि जित्ने टिमले ५० हजारसहित ट्रफि पाउने छ । दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको बव्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए । प्रतियोगिता आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार शनिबारदेखि शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमकाे सहभागिता रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका