राष्ट्रब्यापी खुल्ला पुरुष भलिबलकाे उपाधिका लागि लिखु र गणतान्त्रिक भिड्ने

भक्तपुर, २९ जेठ । भक्तपुरमा जारी राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताकाे उपाधिका लागिओखलढुंगाको लिखु र गणतान्त्रिक खेलकुद महासंघ भिड्ने भएका छन् ।

आयोजक ओम श्रृजनसिल समाजको टिमलाई ३-२ ले हराउँदै लिखु फाइनलमा पुगेको हाे । पहिलाे दुई सेट २५-२१ र २५-२२ ले जित हात श्रृजनसिलले पछिल्ला तीन सेट गुमाएको थियाे । त्यसैगरी दोस्रो सेमिफाइनलमा गणतान्त्रिक खेलकुद महासंघले न्युटन एकेडेमीलाई पाखा लगायाे । पहिलाे सेट जितेको न्युटनलाई त्यसपछिका तीन सेट जित्दै गणतान्त्रिकले उपाधि हाेडबाट राेकेकाे थियोे ।

फाइनल खेल साेमवार अपरान्ह हुनेछ । त्यसैगरी तेस्रो स्थानका लागि न्युटन एकेडेमी, ओम श्रृजनसिल समाज दिउँसो २ वजे भिड्नेछन् ।

सूर्यविनायक नगरपालिका-४ हर्सचौकमा आयोजित प्रतियोगिताकाे उपाधि जित्ने टिमले ५० हजारसहित ट्रफि पाउने छ । दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको बव्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए । प्रतियोगिता आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार शनिबारदेखि शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमकाे सहभागिता रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ