प्रधानमन्त्री प्रचण्ड र सांसद ठकुरीबीच भेट

काठमाडौँ, २८ जेठ । बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले नागरिकहरूको गुनासो पत्रसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

सांसद ठकुरीले आज बिहान नागरिकहरूको गुनासो समेटिएको पत्रसहित प्रधानमन्त्री प्रचण्ड भेटेका हुन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद ठकुरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै गुनासो पत्र हस्तान्तरण गरेका हुन् । उनले काठमाडौँ विकसित जिल्ला भए पनि काठमाडौँ–३ विकासको गतिमा पछि परेकाले सो क्षेत्रका लागि प्राथमिकताका साथ कार्यक्रमहरू ल्याउन आग्रह गरेका छन् ।

ढाँटका कारण सो क्षेत्रका नागरिकहरूले घर तथा आफन्तकोमा आवतजावत गर्न पनि पैसा तिर्नुपर्ने अवस्था रहेको उनको गुनासो पत्रमा उल्लेख छ । उनले निकुञ्जभित्र घर भएका स्थानीयले दैनिक जीवनयापन गर्न सो ढाँटबाट ओहोरदोहोर गर्नुपर्ने भएकोले निःशुल्क व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार