घट्न थाल्यो ब्याजदर

काठमाडौँ, २८ जेठ । अर्थतन्त्रको बाह्य अवस्था र बैंकहरूमा तरलता सुधारसँगै नेपाल राष्ट्र बैंकले कसिलो नीतिमा पुनरवलोकन मौद्रिक नीतिमा गरेसँगै बैंकहरूको ब्याजदर घट्न थालेको छ । कोभिड (१९ युक्रेन तनावका कारण महँगी उच्च भएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएको थियो ।

त्यसले बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुयाएको थियो । तर, अर्थतन्त्रको बाह्य अवस्थामा आएको सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीति लचिलो बनाउँदै लगेपछि ब्याजदर घट्न थालेको हो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को माघमा बैंकहरूको ब्याजदर उच्च बिन्दुमा पुगेको थियो । फागुनपछि भने बैंकहरूको निक्षेपको ब्याजदर, आधारदर र कर्जाको ब्याजदर घट्न थालेको हो । समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा