गगनको प्रश्न- एउटै व्यक्ति दुई/तीन/चार कति पटक प्रधानमन्त्री हुने ?

काठमाडौँ, २७ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटै व्यक्तिले पटकपटक जिम्मेवारी प्राप्त गर्ने परिपाटीको अन्त्य हुनु पर्ने बताएका छन् ।

आज काठमाडौँ आयोजित कार्यक्रममा उनले नयाँ अवसरका लागि पनि एउटै व्यक्तिले पटकपटक अवसर पाउनु न्योचित नभएको बताए । 

उनले भने, “पार्टीमा नयाँ मान्छे आएनन् भनेर चिन्ता व्यक्त गरिरहेका बेला एउटै व्यक्तिले कति पटक अवसर पाउने ?, एउटै व्यक्ति दुई/तीन/चार कतिपटक प्रधानमन्त्री हुने,” “नयाँ व्यक्तिलाई अवसर दिनु पर्दैन ?” नयाँ अवसरका लागि न्योचित वितरण आवश्यक रहेको उनको धारणा छ । यसमा अब खुलेर छलफल आवश्यक रहेको उनी बताउँछन् ।  

नेपाली कांग्रेसले उमेदवार हुने र छनोट गर्ने विद्यमान परिपाटी बदल्नु पर्नेमा उनको जोड छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।