कांग्रेसको नयाँ सदस्य र नवीकरण अनलाइनमार्फत भर्न सकिने

काठमाडौँ, २५ जेठ । नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ ।

धनकुटाको जिल्ला सम्मेलनमा बोल्ने क्रममा पार्टी महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी गराएका छन् ।  सदस्यता नवीकरण तथा नयाँ सदस्‍य दुवै अनलाइनबाटै गर्न महामन्त्री थापाले जानकारी दिए । महामन्त्री थापाले असार १ बाट कांग्रेसको अनलाइन सदस्यता भर्न सकिने जानकारी गराएका हुन्। पार्टीभित्रको गुट भत्काउनका लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्ने बताए।

थापाले तन्नेरीहरु बोकेर देश भएपनि त्यसबाट लाभ लिन नसकेको बताए । १०-१५ वर्षमा नेपाललाई विकास गर्न सकिने युवा जनशक्ति भएको बताए। देश परिवर्तनका लागि सुरुमा कांग्रेस सुध्रिन जरुरी रहेको थापाको निचोड छ । कांग्रेस सुधार्नका लागि गुट भत्काउन आवश्यक रहेको थापाले बताए। पार्टीका लागि संगठनको भूमिका २० प्रतिशत र नेताको छवि ८० प्रतिशत भूमिकाले काम गर्ने थापाको ठम्याई छ। ‘देश बदल्न पहिले कांग्रेस बदल्ने जरुरी छ। हामी हाम्रो कांग्रेस बदलौं,’ महामन्त्री थापाले भने,‘सुध्रिएको कांग्रेसले अल्मलिएको देशलाई ठीक ठाउँमा ल्याउँछ । निराश भएको नागरिकलाई उत्साह ल्याउँछ। नेताले विश्वास गुमाएको, उत्साह नभएको, आर्कषण घटेको सबैले मान्नुपर्दछ,’ थापाले भने,‘हामी कतिपयले विश्राम लिनुपर्ने कुरालाई पनि मान्नुपर्दछ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार