विदेशमा शाखा खोल्न बीमा कम्पनी अनिछुच्क

काठमाडौँ, २४ जेठ । नेपाल बीमा प्राधिकरणले गत चैतमा नेपाली बीमकले विदेशमा शाखा खोल्न पाउने नीति ल्यायो । तर, हालसम्म कुनै पनि बीमकले विदेशमा शाखा खोल्न अनुमति मागेका छैनन् । बीमकहरूले पनि विदेशमा शाखा खोल्न गृहकार्य नभएको प्रतिक्रिया दिएका छन् ।

प्राधिकरणले ‘बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा समेत आफ्ना कार्यालय खोली व्यवसाय विस्तार गर्न पाउने भएका छन् । निर्देशिकाअनुसार प्राधिकरणबाट बीमकले अन्तिम स्वीकृति प्राप्त गरेको ६ महीनाभित्र कार्यालय खोली त्यसको जानकारी प्राधिकरणलाई गराउनु पर्नेछ ।

प्राधिकरणले निकट भविष्यमा विदेशमा हुने नेपाली बीमकहरूको व्यवसाय विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्ने दाबी गरेको छ । तर, प्राधिकरणले निर्देशिका जारी गरेको झन्डै २ महीना हुँदा प्राधिकरणमा कुनै पनि बीमकले विदेशमा शाखा खोल्ने अनुमतिका लागि आवेदन दिएका छैनन् ।

प्राधिकरणले निकट भविष्यमा विदेशमा हुने नेपाली बीमकहरूको व्यवसाय विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्ने दाबी गरेको छ । तर, प्राधिकरणले निर्देशिका जारी गरेको झन्डै २ महीना हुँदा प्राधिकरणमा कुनै पनि बीमकले विदेशमा शाखा खोल्ने अनुमतिका लागि आवेदन दिएका छैनन् । नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार विदेशमा शाखा खोल्न हालसम्म कुनै पनि बीमकले आवेदन दिएका छैनन् । ‘अहिलेसम्म विदेशमा शाखा खोल्ने अनुमति माग्दै कुनै पनि कम्पनीले आवेदन दिएका छैनन्,’ उनले भने । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय