पश्चिमी हाइटीमा भूकम्प : तीनजनाको मृत्यु

एजेन्सी, २४ जेठ । पश्चिमी हाइटीमा ४.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।

राजधानी पोर्ट–ओ–प्रिन्सबाट ३०० किलोमिटर (१८६ माइल) पश्चिममा रहेको ग्रान्ड’आन्से विभागमा मंगलबार बिहान भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

ग्रान्ड एन्सेको नागरिक सुरक्षा एजेन्सीका प्रमुख क्रिस्टिन मोनक्वेलले अहिलेसम्म तीनजनाको मृत्यु भएको बताएका छन् । “उनीहरू एउटै परिवारका सदस्य हुन् र उनीहरूको घर भत्किँदा मृत्यु भएको थियो,” मोनक्वेलले भने । अल्जजिरा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार