२९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ, १२ जेठ । सरकारले आगामी जेठ १६ गते २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै गरेको सरकारले भोलिपल्ट नै २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो ।  जेठ १४ गते उक्त ट्रेजरीको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले २५ अर्ब १३ करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ४ अर्ब रुपैयाँ नयाँ जारी गर्ने जनाएको छ । 

जेठ १४ गते अर्तात् बजेटको अघिल्लो दिन, आइतबार बोलकबोल हुने ट्रेजरीका लागि दरखास्त दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ । जेठ १४ गते दिउँसो ३ बजेट बोलकबोल हुने ट्रेजरीका लागि सो समयभित्र आवेदन दिइसकेको हुनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख

काठमाडौँ, १७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति