दाङ, १२ जेठ । लुम्बिनीको प्रदेश सभा बैठक आज बस्दैछ ।
प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १:०० बजेका लागि बैठक आह्वान गरिएको हो । बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।