आज देखी उर्जा सम्मेलनः नेपालवाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा छलफल हुने

काठमाडौँ, ५ बैशाख । आज देखी काठमाडौंमा ऊर्जा सम्मेलन हुदैँछ ।

‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन हुन लागेको हो । सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुदैछन् । सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ ।

सो सम्मेलनमा विद्युत् उत्पादकहरू, बिद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गर्दै आएका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिहरुले सो सम्मेलनमा सहभागिता जनाउने छन् । मुख्यतः नेपालवाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणका लागि सो सम्मेलन लाभदायक हुने आयोजकले दावी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण