काठमाडौँ, २ बैशाख । नेकपा एमालेले पार्टीमा देखिएको गुट्बन्दी र मनमुटाव हटाउन एक-आपसमा सिस्नु लगाएर नयाँ वर्ष तथा बिसु पर्व मनाएको छ ।
एमाले सुदूरपश्चिम कमिटीको आयोजनामा शुक्रबार धनगढीमा सो कार्यक्रम भएको हो । नयाँ वर्षसँगै वैशाख १ गते सुदूरपश्चिममा बिसु पर्व मनाउने चलन रहेको छ ।
बिसु पर्व मनाउन एमालेका उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्य र अगुवा नेताको उपस्थिति रहेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।