कुल आम्दानी चालु खर्चका लागि मात्र पर्याप्त

काठमाडौँ, २ बैशाख । चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चैतसम्मको सरकारको कुल प्राप्ति र खर्चबीचमा दुई खर्ब २२ अर्ब रुपैयाँ बराबरको खाडल देखिएको हो । कार्यालयका अनुसार चैतसम्म सरकारले सात खर्ब २४ अर्ब ४७ करोड रुपैयाँ प्राप्त गर्दा नौ खर्ब ४३ अर्ब पाँच करोड रुपैयाँ खर्च गरेको छ । लक्ष्यअनुसार आम्दानी बढ्न नसक्दा सरकारको कुल आम्दानी साधारण प्रकृतिको चालु खर्चका लागि मात्र पर्याप्त हुने अवस्था सिर्जना भएको छ ।

चैतसम्म सरकारले राजस्व, अनुदान र अन्य प्राप्तिसमेत गरेको कुल रकम लक्ष्यको करिब ५० प्रतिशत हो । कुल प्राप्तिअन्तर्गत राजस्व शीर्षकमा छ खर्ब ८३ अर्ब ८० करोड रुपैयाँ सङ्कलन भएको छ । जसमध्ये छ खर्ब १६ अर्ब ६१ करोड रुपैयाँ कर राजस्व र ६७ अर्ब ६८ करोड रुपैयाँ गैरकर राजस्व सङ्कलन भएको छ । त्यस्तै समीक्षा अवधिसम्म सरकारले अनुदानबापत चार अर्ब ८० करोड रुपैयाँ प्राप्त गरेको छ । सरकारी बाँकी/बक्यौतासमेत समेटिने अन्य प्राप्ति शीर्षकबापत सरकारले ३५ अर्ब ८६ करोड रुपैयाँ प्राप्त गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको

काठमाडौँ, २८ माघ । नेपालमा सञ्चालनमा रहेका गैरनाफामूलक संस्था (एनजीओ/आईएनजीओ) को कारोबारलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन लागू हुने भएको छ ।

काठमाडौँ, २८ माघ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन

काठमाडौँ, २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महशुस हुन थालेको बताएका छन्