सांसदकाे प्रश्न: ‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’

काठमाडौँ, ३० चैत । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा आर्थिक संकटको विषयमा सांसदहरूले कुरा उठाएका छन् ।

सांसद प्रेम सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा रहेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीले आफूले जिम्मेवारी सम्हालेको सय दिनमा अर्थतन्त्रमा निकै सुधार भएको भनिरहनुभएको छ तर केही महिनापछाडि कर्मचारीको तलब खुवाउन नसक्ने अवस्था हुँदै छ ।’ सरकारले कर्मचारीको सञ्चित बिदा र औषधि उपचारको ३२ अर्ब रुपैयाँ रोकेको भन्दै उनले पछिल्लो आर्थिक अवस्थाको विषयमा स्पष्ट पार्ने आग्रह गरे ।

‘रेमिट्यान्स धेरै भित्रिनुको अर्थ बगैँचा जस्तो नेपाललाई मरुभूमि बनाउनु हो,’ उनले भने । उनले किसानलाई रासायनिक मल दिनेतर्फ सरकारको ध्यान नगएको आरोप लगाउँदै भने, ‘पर्यटनमन्त्रीले शिवरात्रिको मेलामा घोटाला भएको स्वीकार गर्नुभएको छ, अख्तियार के गर्दै छ ?’ महालेखा नियन्त्रक कार्यालयले २१ चैतमा सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै कर्मचारीको उपदान, सञ्चित बिदा र औषधि उपचार रकम चालू आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयन मार्गदर्शनअनुसार निकासा गर्न भनेको थियो ।

त्यो निकासा नभएकामा सुवालले प्रश्न गरेका हुन् । यसैगरी, प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति न्यून भएको विषयदेखि बजेट रकमान्तर, प्रधानमन्त्रीको आगामी भारत भ्रमण, संक्रमणकालीन न्यायको विषयले समेत प्रवेश पायो । बुधबारको विशेष समयमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले सदनमा प्रधानमन्त्री र मन्त्रीको उपस्थित न्यून भएको बताउँदै उनले राष्ट्रिय गौरवका बूढीगण्डकीको बजेट अरू आयोजनाका लागि नपठाउन आग्रह गरे । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर