सूशासनमा अघि बढ्दै उदयपुर सिमेन्ट उद्योग

उदयपुर, २९ चैत । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपानेले नियुक्ति लिएसँगै उद्योगलाई सुशासनको गतिमा अगाडी बढाउनुभएको छ ।

उद्योगलाई सुशासनको साथसाथै नाफामुखी बनाउँदै लैजाने क्रममा उद्योगले खरिद तथा सेवा आपूर्तिमा व्यवस्थित र प्रभावकारी बनाउँदै लगेको छ । सार्वजनिक खरिद नियमावली अनुसार उद्योगले बोलपत्रको माध्यमबाट खरिद व्यवस्थापन गर्ने गरेको उद्योगले जनाएको छ । यसै क्रममा आज उद्योगले दुई गाडी कोइला मिसावट देखिएकाले गाडी नै पिर्ता पठाएको विज्ञप्ती मार्फता जनाकारी दिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यस उदयपुर सिमेण्ट उद्योग लि। ले खरिद तथा सेवा आपूर्ति गर्दा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा उद्योगको आर्थिक प्रशासन तथा खरिद बिनियमावली, २०६५ बमोजिम बोलपत्र आव्हान गरी उद्योगबाट स्वीकृत स्पेसिफिकेसनको आधारमा खरिद व्यवस्थापन गर्ने गरिएको छ । यसै सन्दर्भमा आपूर्तिकर्ताले आपूर्ति गर्ने कोइला उद्योग परिसरभित्र आइसकेपछि प्रयोगशाला परीक्षण गरी प्रयोग गरिने र अनलोड गर्दाकै स्थितिमा मिसावट देखिएमा गाडी फिर्ता गर्ने गरिएको छ । यस अघि रिजेक्ट भएका कोइला अझ पनि कोइला यार्ड नजिकै छुट्टै राखिएको छ र सम्बन्धित आपूर्तिकर्ताले फिर्ता लैजाने क्रममा रहेको छ । आज मिति २०७९र१२र२९ मा प्राप्त दुई गाडी कोइलामा मिसावट देखिएकोले गाडी नै फिर्ता गरिसकिएको छ । यसरी उद्योगले अत्यन्त पारदर्शी रुपमा खरिद व्यवस्थापन गरिराखेकोले सोही व्यहोरा आम सर्वसाधारण समक्ष प्रेषित गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ

बागलुङ, २१ मंसिर । काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ । पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक,

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीमा १ हजार २ सयभन्दा बढी संख्यामा नयाँ भर्ना खुलेको छ । जनपद प्रहरी समूहतर्फ

रौतहट, २१ मंसिर । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ । मधेश प्रदेश सरकार