आयोगद्वारा उपनिर्वाचनका लागि पर्यवेक्षण गर्ने अनुमति

काठमाडौँ, २९ चैत । आगामी वैशाख १० गते आइतबार हुने बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० मा निर्वाचन पर्यवेक्षण प्रयोजनका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेश भएका ७ वटा निवेदन उपर निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा (२) बमोजिम जाँचबुझ गर्दा ६ वटा संस्थाहरुले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले सोही निर्देशिकाको दफा १० को उपदफा (१) बमोजिम पर्यवेक्षण गर्न अनुमति दिने निर्णय गरेको छ ।

आयोगको यही चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् । ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिश भइ आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने