राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा थुप्रियो १२ टन फोहोर

काठमाडौँ, २९ चैत । काठमाडौँ महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा करिब १२ टन फोहोर थुप्रिएको छ ।

देशको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा फोहोर थुप्रिँदा गृह मन्त्रालय भने रमिते भएको बसेको छ । जबकि, गृह मन्त्रालय आफैंले जारी गरेको आवश्यक सेवामा निषेध गर्न नपाइने २५ बुँदे सूचीकोे १४आँै बुँदामा फोहोरमैला, संकलन र ढुवानीमा अवरोध गर्न नपाइने उल्लेख छ । सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयले आफ्नै परिसर नजिकैको पुतली बगैंचामा फोहोर थुप्रिँदा पनि कुनै प्रतिक्रिया जनाउन सकेको छैन ।

तीन दिनअघि चितवनमा पत्रकारसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ताबाटै समस्या समाधान गर्ने बताउनुभएको थियो । तर, अहिलेसम्म यस विषयमा गृह र कामपाबीच औपचारिक वार्ता हुन सकेको छैन । कमपाका प्रवक्ता नवीन मानन्धरले हालसम्म सरकार र कमपाबीच कुनै वार्ता नभएको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आज चार दिन भयो, सरकारले वार्ता गर्ने विषयमा कुनै खबर गरेको छैन ।

तर, मेयर बालेन्द्र साह र गृहमन्त्री श्रेष्ठबीच सोमबार अनौपचारिक छलफल भएको थियो । छलफलको क्रममा मेयर साहले आफूले सार्वजनिक गरेको १४ बुँदे सम्बोधन नभएसम्म शीतल निवास वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पार्नुभएको थियो ।’ फोहोर संकलन हुन नसक्दा सिंहदरबार परिसरमा ६, शीतल निवासमा ४ र प्रधानमन्त्री निवास वालुवाटारमा २ टन गरी १२ टन फोहोर थुप्रिएको छ । फोहोरको कारण सिंहबारमा दुर्गन्ध फैलन शुरू भएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । File Photo

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान