सभामुख-शीर्ष नेता छलफल : संसदीय समिति यो वर्ष नबन्ने 

काठमाडौँ, २८ चैत । प्रतिनिधिसभाअन्तर्गत गठन हुने १० वटा विषयगत समितिले यो वर्ष पूर्णता नपाउने भएको छ । सभामुखसहित दलका शीर्ष नेताहरूबीच आज बसेको बैठकमा समिति गठनको विषयमा प्रारम्भिक मात्र छलफल सुरू भएको छ ।

समिति गठनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख तथा नेताहरूसँग मंगलबार बिहान छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए । 

न्यौपानेका अनुसार आजको बैठकमा सहमति हुन नसकेपछि २०८० वैशाख १ गतेका दिउँसो १ बजे सिंहदरबारमा पुनः बैठक बस्नेगरी नेताहरू उठेका छन् । त्यसकारण २०७९ सालमा संसदीय समितिले पूर्णता नपाउने निश्चित भएको हो । यसअघि, सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समिति गठनका लागि दलहरुबाट मंगलबार साँझसम्म नाम संकलन गरिसक्ने निर्णय गरेको थियो । सोहीअनुसार आज बिहान दलहरु छलफलमा बसेका थिए ।

यस्तै, बैठकमा संक्रमणकालीन न्याय निरूपणसम्बन्धी प्रतिनिधिसभामा दर्ता भएको टीआरसी विधेयकको विषयमा पनि छलफल भएको छ । सत्तारूढ दलहरूले भने ‘फास्ट ट्रयाक’बाट विधेयक पारित गर्नुपर्ने बताएका थिए । सांसद न्यौपानेका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले विधेयक धेरै लम्ब्याउन नहुने र यही अधिवेशनबाट पास गर्नुपर्ने धारणा राखेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले विधेयकमा कतिपय बुँदामा संशोधन गरेर सहमतिमा अघि बढाउनुपर्ने धारणा रोखका थिए ।

यस्तै, बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपानेका साथै महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर