काठमाडौँ, २८ चैत । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलारीगाउँ घर भएका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगरलाई पक्राउ गरेको हो ।
सुपप्र.०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १ ग्राम ४८ मिलिग्राम खैरो हेरोइन भेटिएको प्रहरीले जनाएको छ ।