हतियार प्रदर्शन गरेको आरोपमा चक्रे मिलनका ‘बडीगार्ड’ पक्राउ

काठमाडौँ, २८ चैत । चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल (टिकटक)मा बोगटीले ‘पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए । बोगटी नेपालगन्जकै स्थानीय हुन् ।

प्रारम्भिक अनुसन्धानबाट सो हतियारको लाइसेन्स भएको थाहा भएको छ । लाइसेन्स भए पनि प्रदर्शन गर्न नपाइने हुनाले सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ । बोगटी बाँकेको चिसापानीबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर