अवैध दुई ट्रक चिनी प्रहरीको नियन्त्रणमा

नवलपरासी, २८ चैत । पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी करिब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको  छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्ने स्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानी स्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न