सामाखुसी यातायात प्रालिबाट थप बस सञ्चालन

काठमाडौँ, २५ चैत । सामाखुसी यातायात प्रालिले पाँच करोड रुपैयाँको लागतमा थप १० बस सञ्चालनमा ल्याएको छ । वि.सं. २०५७ मा काठमाडौंका उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा आएको उक्त प्रालिले शनिबारदेखि बस थप गरेको हो ।

उक्त प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रूपमा नयाँ सेवाको उद्घाटन गरे । उनले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालन गरेको बताए । “काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास छ,” उनले भने ।

प्रालिका अध्यक्ष एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रमा बढ्दो जनसंख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएको जानकारी दिए । उनले यात्रुमैत्री बन्न चालक र सहचालकलाई आग्रह गरे । सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले अहिले ८० माइक्रोबस तथा ३१ ठूला बसमार्फत यात्रुलाई सेवा प्रदान गर्दै आएको छ । सो यातायातले काठमाडौंको उत्तरी क्षेत्र बानियाँटार, भत्केको पुल, मनमैजु, टोखा, वसुन्धरा र म्हैपीबाट यात्रुलाई सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए । सो प्रालिले हाल ३०० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण