अध्यक्ष ओलीद्वारा पार्टीभित्र गुटबन्दी नगर्न निर्देशन

काठमाडौँ, २५ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी नगर्न निर्देशन दिएका छन् ।

आज काठमाडौंमा पार्टीनिकट अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए ।

उनले भने, “आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि, स्वार्थका लागि यसो गु्रप बनाएझैँ, खेल्न खोजेझैँ, त्यस्तो खालको नगर्नुहोला,” “एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौँ । यसमा तलमाथि हुँदैन ।”

उनले मुलुकमा एमाले अरू पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो रहेको जिकिर उनले गरे । उनले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्ति लागे पनि जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिलासँगलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३