चितवन, २५ चैत । जिल्लाको राप्ती नगरपालिका–१, लोथरबाट १८० किलो अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बीआर०६जी २१२८ नम्बरको ट्रक जाँच गर्ने क्रममा त्यसभित्र लुकाइछिपाइ ल्याएको उक्त परिमाणको गाँजासहित ट्रक चालक भारतको पूर्वी चम्पारण, बिहार, रक्सोल–८ बस्ने ३० वर्षीय कुन्दन पटेललाई पक्राउ गरेको हो ।
बरामद गाँजा सबैको रोहबरमा नष्ट गरिने छ ।