वरिष्ठ नेता न्यौपानेले त्यागे एकीकृत समाजवादी, लगाए गम्भिर आरोप: एमालेमै फर्किने

काठमाडौँ, २५ चैत । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी त्यागेका छन् । 

शनिबार काठमाडौंमा एक पत्रकार सम्मलेन गर्दै उनले पार्टी त्यागेको बताएका हुन् । एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको बताए । पार्टी अवसरवादमा लिप्त भएको भन्दै आरोप पनि लगाए । उनले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे।

उनले भने, ‘नेकपा (एकीकृत समाजवादी) ले परिचय दियो तर पहिचान दिन सकेन । सदैव आफ्नो आफ्नो स्वार्थमा निहीत भएको आभाष भएको मलाई लाग्यो ।’ माघ २०७९ मा बसेको केन्द्रीय समितिको बैठकमा आफूले राखेको फरक मतबारे कुनै छलफल नभएको भन्दै उनले अघि भने, ‘यस्तो पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ ।’

उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गरे ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस