बारा २ को लागि एकमात्र योग्य उम्मेदवार उपेन्द्र यादव हुन् : मनिस सुमन

काठमाडौँ, २५ चैत । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिस सुमनले बारा २ को लागि एकमात्र योग्य उम्मेदवार उपेन्द्र यादव भएको दाबी गरेका छन् ।

पार्टी कार्यालयमा सञ्चारकर्मीसँग बारा २ का उम्मेदवारबारे आफ्नो धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् । उपेन्द्र यादव राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने र निर्णायक भूमिका निर्वाह गर्न सक्ने नेता हुन् । उनी राजनीतिले खारिएका, विचार र दृष्टिकोणले परिपक्व एवम् अनुभवी नेता हुन्, सुमनले भने । मधेस र मधेसी जनतालाई कसैले राम्ररी बुझेको छ, जानेको छ भने त्यो उपेन्द्र यादव नै हो । त्यत्तिकै उनलाई मधेसको मसिहा भनिएको होइन, उनले भने । बारा २ का उम्मेदवारहरु मध्ये केही राजनीति सिक्ने क्रममा छन् । केही विभिन्न घटनामा संलग्न भएर बदनाम छन् । उपेन्द्र यादव त्यस क्षेत्रमा उम्मेदवार बनेपछि त्यहाँ अरु उम्मेदवार को छ जनतालाई चासो समेत छैन, उनले भने ।  

उपेन्द्र यादवले त्यस क्षेत्रका जनताको अधिकारका लागि वलिदानीपूर्ण सङ्घर्ष गरे । जनताको पहिचानलाई स्थापित गराए । अब मधेसमा विकास र समृद्धि ल्याउनुछ । जनताको जीवनस्तर उठाउनुछ । त्यो काम उपेन्द्र यादवले मात्र गर्न सक्छन् । सर्वसाधारण जनताको आँखाबाट हेर्दा पनि यो कुरा छर्लङ्ग छ । अरु उम्मेदवारलाई उनीसँग तुलना गर्न सक्ने ठाउँ छैन । बारा २ का लागि एकमाात्र योग्य उम्मेदवार उपेन्द्र यादव हुन्, सुमनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश

काठमाडौँ, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण

काठमाडौँ, २ असार । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । समितिका