बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

नवलपरासी, २५ चैत । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ मा बसको ठक्करबाट शनिबार एक साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्‍चिमतर्फ जाँदै गरेको लु १ ख ७६२९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३